Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

पर्यटन विभागका निर्देशक यादवविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्धा दायर

पर्यटन विभागका निर्देशक सचिन्द्र कुमार यादवविरुद्ध  गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवको शुरू नियुक्ति भएको २०६६ को जेठ २४ गतेदेखि २०७९ साउन २९ गतेसम्मको जाँच अवधिमा यादव र उनको परिवारले २ करोड ६८ लाख १८ हजार ९ सय आम्दानी गरेको देखिएको तर उनको सो अवधिको कुल सम्पत्ति ३ करोड ६५ लाख ४ हजार ४५३ देखिएको उल्लेख गर्दै ९६ लाख ८५ हजार ५५३ को स्रोत नखुलेको पाइएको जनाएको छ । 

अख्तियारले यादवविरुद्ध ९६ लाख ८५ हजार ५५३ बराबरकै विगो कायम गरि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद र बिगो बमोजिम जरिवानाको माग गर्दै विशेष अदालत, काठमाडौँआमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।