Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

जागिर दिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

ठगीमा संलग्न रहेको अभियोगमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-६ बोडे बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका ७ साउने घर भएका ३३ वर्षीय पुरूषोतम पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ । 
 
पुरूषोतमले काठमाडौं चावहिल पिपलबोटस्थित पपुलर जब सोलुशन कम्पनी संचालन गरी होटलमा आवश्यक पर्ने कामदार पठाउने भनि विज्ञापन गरी पेश्की स्वरूप रकम लिई कामदार नपठाई पीडितको रकम समेत फिर्ता नगरी ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर बोडेबाट पक्राउ गरेको हो । 
 
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।