Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

एकैसाथ ७२ सहसचिव सरुवा (सूचीसहित)

सरकारले एकै पटक ७२ सहसचिवहरुको सरुवा गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सहसचिव सरुवा गरिएको सूचना सामान्य प्रशासन मन्त्रालयले बुधबार जनाएको छ ।

यो निर्णयले विभिन्न मन्त्रालयका सहसचिवहरु हेरफेर भएका छन् । स्वास्थ्य मन्त्रालयमा सहसचिवहरु हेमराज सुवेदी र निता पोखरेल अर्याललाई सरुवा गरिएको छ । यसअघि सुवेदी राष्ट्रिय योजना आयोग र अर्याल निर्वाचन आयोगमा कार्यरत थिए ।

सहसचिव प्रदीपकुमार कोइराला राष्ट्रपति कार्यालयमा सरुवा भएका छन् । कृष्ण पौडेल रक्षा मन्त्रालय, श्रीराम ठाकुर अख्तियार र बाबुराम गौतम र सिर्जना थपलिया गृह मन्त्रालयमा सरुवा भएका छन् ।

हेर्नुस् सरुवा सूची

undefinedundefinedundefinedundefined