शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

दर्शकमा अभूतपुर्व क्रेज ल्याएको फिल्म 'सैयारा' मा के छ?

दर्शकमा अभूतपुर्व क्रेज ल्याएको फिल्म 'सैयारा' मा के छ?

श्रावण ९, २०८२ शुक्रवार
श्रावण ९, २०८२ शुक्रवार
  • दर्शकमा अभूतपुर्व क्रेज ल्याएको फिल्म 'सैयारा' मा के छ?

    बलिवुड फिल्म सैयाराको क्रेज अहिले निकै बढेको छ । सामाजिक सञ्जाल, मिडियादेखि सिनेमा घरसम्म यस फिल्मले फिल्म उद्योग र दर्शकलाई चकित पारेको छ ।

    यशराज फिल्म्सले बनाएको यस फिल्मले रिलिजको ७ दिनमा घरेलु बक्सअफिसमा डेढ सय करोडको आँकडा पार गरिसकेको छ भने अहिले पनि फिल्ममे जबर्जस्त कमाई गरिरहेको छ । फिल्मले विश्वभर दुई सय करोड भन्दा बढीको कमाई गरेको छ ।

    यो फिल्म मोहित सुरीले निर्देशन गरेका हुन् । लगभग दुई दशकमा १३ वटा फिल्म निर्देशन गरेका मोहित सुरीले यसअघि कहिल्यै यो स्तरको सफलता हासिल गरेका थिएनन् ।

    'सैयारा' फिल्मले दर्शकहरू, विशेष गरी युवाहरूबाट विशेष साथ पाएको छ । फिल्म हेरेपछि, धेरै जसो दर्शकहरुले यो एक इमान्दार, भावनात्मक र हृदयस्पर्शी प्रेमकथामा बनेको फिल्म भएको, जुन लामो समयदेखि सिनेमा हलमा नदेखिएको प्रतिक्रिया दिएका छन् । यो फिल्मले कुनै ठुला स्टार मूल्य बिना पनि, दुवै नयाँ कलाकारहरूको उत्कृष्ट प्रदर्शनसहित सबैलाई 'सरप्राइज' गरेको छ । अहान पाण्डे र अनित पडडाको केमेस्ट्री धेरै वास्तविक देखिएको छ ।

    धेरैले यसको जस निर्देशक सुरीको फिल्म बनाउने शैलीलाई पनि दिएका छन् । सुरी प्रेमको पीडालाई मधुर संगीत मार्फत सुन्दर ढंगले पर्दामा उतार्न सक्ने निर्देशकको रुपमा चिनिन्छन् । यही कुराले युवाहरूलाई आकर्षित गरिरहेको छ र उनीहरूलाई हलमा ल्याइरहेको विश्लेषण गरिएको छ । अर्को तर्फ फिल्मको प्रेमकथा वास्तविक देखिन्छ । हरेक परिस्थितिमा दुई प्रेमीहरूको एकअर्काप्रतिको समर्पणले हृदय छुन्छ । यही कारणले गर्दा 'सैयारा' ले दर्शकको साथ पाएको देखिन्छ ।

    अर्कोतर्फ फिल्म उद्योगका विज्ञ र समीक्षकहरूले फिल्म 'सैयारा' को सफलताको धेरै कारणहरू उल्लेख गरेका छन् । विज्ञहरूले राम्रोसँग तयार पारिएको प्रेमकथा, उत्कृष्ट संगीत र सीमित प्रचारका साथ अहान पाण्डे-अनित पडडा जस्ता नयाँ अनुहारहरूलाई सुरुवात गर्ने रणनीतिले यो फिल्मलाई ठूलो सफलता दिएको बताउछन् । लगभग चार दशकदेखि बलिवुड फिल्म पत्रकारितामा सक्रिय वरिष्ठ पत्रकार मीना अय्यरले 'सैयारा' को सफलतालाई आश्चर्यजनक भनेकी छिन् । उनले विशेष गरी चलचित्रको प्रचार गर्ने तरिकामा ध्यान आकर्षित गरेकी छन् । उनी भन्छिन्- 'यशराज फिल्म्सले 'सैयारा' को प्रचारमा गरेको सबैभन्दा महत्त्वपूर्ण कुरा यो थियो कि उनीहरूले चलचित्र रिलिज हुनुभन्दा धेरै अघि अहान र अनितलाई बाहिर ल्याएनन् । उनीहरूलाई न त मिडिया अन्तर्वार्तामा दिन लगाइयो, न त शहर-शहर घुमाउन पठाइयो । यसले दर्शकहरूमा कौतुहलता सिर्जना गर्‍यो, जुन रिलिजको समयमा उपयोगी थियो ।'

    त्यस्तै निर्देशक सुरीले यसअघि जहेर, कलियुग, आवारापन, मर्डर-२, आशिकी-२ र एक भिलेन जस्ता फिल्म निर्देशन गरिसकेका छन् । सुरीलाई रोमान्टिक-थ्रिलर फिल्ममा विशेषज्ञ मानिन्छ । उनका फिल्महरूको प्रमुख विशेषता भनेको संगीत हो, जुन लामो समयसम्म दर्शकहरूको मनमा रहन्छ ।

    'सैयारा' का सुपरहिट शीर्षक गीत र अन्य गीतहरूले पनि फिल्मको प्रेमकथाको भावनात्मक पक्षलाई बलियोसँग उजागर गर्छन् । फिल्मका गीत र संगीत सबैको ओठमा रहेको छ र समीक्षकहरू फिल्मको सफलतामा संगीतले ठूलो भूमिका खेलेको छ ।

    वरिष्ठ बलिवुड फिल्म समीक्षक मयंक शेखर पनि 'सैयारा' को सफलतामा संगीतले महत्त्वपूर्ण भूमिका खेलेको विश्वास गर्छन् । उनी भन्छन्- 'फिल्मको संगीत उत्कृष्ट मात्र होइन, फिल्मका सबै गीतहरू पनि उत्कृष्ट रूपमा छायांकन गरिएका छन् जसले ठूलो संख्यामा दर्शकहरूलाई थिएटरमा आकर्षित गर्न योगदान पुर्‍याइरहेको छ ।' मयंक शेखरका अनुसार, अहान पाण्डे र अनित पडडा जस्ता नयाँ कलाकारहरूको छनोट, उनीहरूको विश्वसनीय अभिनय र मोहित सुरीको निर्देशनले फिल्मलाई सफल बनाएको छ । 

    उनले जब युवा कलाकारहरूसँग ताजा र भावनात्मक प्रेमकथा 'सैयारा' आयो, दर्शकहरूले यसलाई तुरुन्तै स्वीकार गरे । 'सैयारा' ले युवा दर्शकहरूमा लामो समयदेखिको प्रेमकथाको भोक पूरा गरेको उनको ठहर छ ।

    उल्लेखनीय के छ भने 'सैयारा' ले मल्टिप्लेक्समा फिल्म हेर्न आउने दर्शकहरूलाई मात्र आकर्षित गरिरहेको छैन, तर भारतका 'बी' र 'सी' तहका सिनेमा हलहरूमा पनि धेरै कमाई गरिरहेको छ र सिंगल स्क्रिन दर्शकहरूले पनि यो फिल्मलाई धेरै मन पराइरहेका छन् ।

    भारतीय बक्स अफिसमा लगभग ६०० करोड रुपैयाँको व्यापार गरेर इतिहास रचेको फिल्म छावापछि 'सैयारा' ले यो वर्षको दोस्रो ठूलो ओपनिङ गरेको छ । यस वर्ष फेब्रुअरीमा रिलिज भएको विक्की कौशल अभिनीत 'छावा' ले पहिलो दिन ३३ करोडभन्दा बढी ओपनिङ गरेको थियो । नयाँ कलाकार अभिनित 'सैयारा' ले पहिलो दिन २२ करोड रुपैयाँको व्यापार गर्दै वर्षको दोस्रो ठूलो ओपनिङ रेकर्ड बनायो ।

    प्रसिद्ध व्यापार विश्लेषक कोमल नाहटाले पनि रिलिजको चौथो दिन १०० करोड रुपैयाँ पार गरेको 'सैयारा' को बक्स अफिस सम्भावना उल्लेखनीय मानेका छन् । नाहटा भन्छन्- 'चार दिनमा फिल्म 'सैयारा' ले बक्स अफिसमा गरेको जादू धेरै हिसाबले अभूतपूर्व छ । म 'सैयारा' लाई 'छावा' सँग तुलना गर्न चाहन्न, किनभने त्यो फिल्मले विक्की कौशल र रश्मिका मन्डन्ना जस्ता स्थापित कलाकारहरू राखेको थियो र यो ऐतिहासिक पृष्ठभूमिमा आधारित ठूलो बजेटको फिल्म थियो । अहिले म 'सैयारा' को अन्तिम कलेक्सन के हुनेछ भनेर भन्न सक्दिन, तर फिल्मले विश्वव्यापी रूपमा प्राप्त गरिरहेको प्रतिक्रियालाई हेर्दा, म निश्चित रूपमा भन्न सक्छु कि यो फिल्मले सजिलै ४०० करोड पार गर्न सक्छ । यद्यपि, मानिसहरूको उत्साहलाई हेर्दा, फिल्मले व्यापारको हिसाबले कहाँ रोकिन्छ भनेर अनुमान गर्न गाह्रो छ । फिल्मले विदेशमा पनि राम्रो प्रदर्शन गरिरहेको छ, जसले यसको कुल संग्रहलाई असर गर्नेछ ।'

    'सैयारा' बाट अभिनय संसारमा प्रवेश गरेका अहान पाण्डेको तुलना २५ वर्षअघि रिलिज भएको सुपरहिट फिल्म 'कहो ना... प्यार है' बाट डेब्यू गरेका ऋतिक रोशनसँग गरिँदैछ । त्यसैगरी, अनिता पड्डा र अहानको जोडीले पनि ऋतिक-अमिषाको जोडी जस्तै बक्स अफिसमा हलचल मच्चाउने मानिन्छ ।

    अहान पाण्डे प्रसिद्ध अभिनेता चंकी पाण्डेका भाइ चिक्की पाण्डे र फिटनेस कोच डायन पाण्डेका छोरा हुन् । २७ वर्षीय अहानले अभिनयमा प्रवेश गर्नुअघि केही फिल्म र वेब सिरिजमा सहायक निर्देशकको रूपमा काम गरिसकेका छन् ।

    त्यस्तै अभिनेत्री अनित पडडाको कुरा छ, उनले दुई वर्षअघि रिलिज भएको वेब सिरिज 'बिग गर्ल्स डोन्ट क्राइ' मा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्, जसको लागि उनको कामको अत्यधिक प्रशंसा गरिएको थियो । अनितले यसअघि रेवती निर्देशित र काजोल अभिनीत फिल्म 'सलाम भेन्की' मा पनि सानो भूमिका निर्वाह गरिसकेकी छिन् । तर 'सैयारा' उनको मुख्य अभिनेत्रीको रूपमा पहिलो फिल्म हो । अमृतसरकी अनितले अभिनयमा आउनुअघि मोडलिङ गर्थिन् र धेरै विज्ञापन फिल्महरूमा पनि देखा परिसकेकी छिन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट