शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

अभिनेत्री मनिषा कोइरालालाई बेलायतमा सम्मान

अभिनेत्री मनिषा कोइरालालाई बेलायतमा सम्मान

श्रावण ८, २०८२ बिहिवार
श्रावण ८, २०८२ बिहिवार
  • अभिनेत्री मनिषा कोइरालालाई बेलायतमा सम्मान

    अभिनेत्री मनिषा कोइराला बेलायती संसद्को माथिल्लो सदन ‘हाउस अफ लड्र्स’ मा आयोजित एक समारोहमा सम्मानित भएकी छन् । महिला सशक्तिकरणका विषयमा चलचित्र र अन्य माध्यमबाट निर्वाह गरेको महत्वपूर्ण भूमिकाका लागि कोइराला सम्मानित भएकी हुन् ।

    सो सम्मान प्रदान गर्दै हाउस अफ लर्डस्का सदस्य लर्डस् रेमि रेन्जर सिविईले चलचित्रको माध्यमबाट महिलाहरुको सशक्तिकरण र महिला स्वास्थ्य, पुनर्जीवन र क्यान्सर पीडितहरुको सहयोगमा निर्वाह गरेको भूमिकाका लागि सम्मान प्रदान गरिएको बताए ।

    सम्मानित भएपछि कोइरालाले खुसी व्यक्त गर्दै महिला सशक्तिकरणमा काम गर्न प्रेरणा मिलेको बताइन् । महिलाको सशक्तिकरणबारे गरिमामय स्थलमा उपस्थित भएर बोल्ने अवसर दिएकोमा र दक्षिण एशियाली महिलाको अवस्थाबारे सुनेर साथ दिएकोमा कोइरालाले धन्यवाद दिइन् ।

    ‘यो क्षण म जीवनभर सम्झिरहने छु’, उनले भनिन्, ‘यो साँच्चीकै सौभाग्यको कुरा हो, म परम्परा, नेतृत्व र प्रगतिको ठाउँ हाउस अफ लड्र्समा उभिरहेको छु र दक्षिण एसियामा महिला सशक्तिकरणको विषयमा बोल्न पाउँदा खुसी छु ।’

    बङ्गलादेश, भारत, पाकिस्तान र नेपाललगायतका ग्रामीण भेगमा अनेक कष्ट सहेर बाँचिरहेका महिलाहरु पीडित नभइ योद्धा भएको उनको भनाइ छ । दक्षिण एशियाभर नेपालका पहाडदेखि ढाकाका सडक र भारत, पाकिस्तानको ग्रामीण केन्द्रविन्दुसम्म महिलाहरूले विशाल चुनौतीको सामना गरिरहेको उनले उल्लेख गरिन् ।

    शिक्षामा सीमित पहुँच, लैङ्गिक पूर्वाग्रह, बालविवाह, स्वास्थ्य सेवाको अभाव र आर्थिक निर्भरता अझै धेरैका लागि वास्तविकता भएको स्मरण गरिन् । आयोजक पानस गोर्खा रेष्टुरेन्टका सञ्चालक तथा खाद्य अभियन्ता सुजन कटवाल एमबिईले हाउस अफ लर्डस्मा सम्मानित हुने कोइराला सम्भवतः प्रथम नेपाली महिला भएको जानकारी दिए ।

    दक्षिण एसियालगायत विश्वभरका महिलाको सशक्तिकरणमा उनले पुर्‍याएको योगदानलाई सम्मानित गर्ने यो कार्यक्रममा आयोजकको भूमिका निर्वाह गर्न पाएकोमा उनले खुशी व्यक्त गरे । कार्यक्रममा बेलायती सांसद, पूर्व सांसदहरु तथा दक्षिण एसियामा महिला सशक्तिकरणका क्षेत्रमा सक्रिय महिला सहभागी थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार