शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

चिनियाँ भूमिमा फसेका नेपालीहरुको अहिलेसम्म उद्धार नभएको गुनासो

चिनियाँ भूमिमा फसेका नेपालीहरुको अहिलेसम्म उद्धार नभएको गुनासो

श्रावण ६, २०८२ मंगलवार
श्रावण ६, २०८२ मंगलवार
  • चिनियाँ भूमिमा फसेका नेपालीहरुको अहिलेसम्म उद्धार नभएको गुनासो

    नेपाल ट्रेड यूनियन कांग्रेसले न्यूनतम पारिश्रमिक वृद्धि भएकोमा स्वागत गर्दै आवश्यक कार्यविधि तर्जुमा गरी अविलम्व कार्यान्वयनमा लैजान माग गरेको छ ।  मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै ट्रेड यूनियन कांग्रेसका महासचिव अजयकुमार राईले त्रिपक्षीय निर्णय पश्चात् सरकारले बृद्धि गरेकोपारिश्रमिकलाई आवश्यक कार्यविधि तर्जुमा गरी अविलम्व कार्यान्वयनमा लैजान र त्यसको त्रिपक्षीय संरचना बनाई अनुगनम गर्न सरकार र रोजगारदाताहरुसँग माग गरिएको जनाए ।

    ‘श्रम ऐन, २०७४ को प्रावधान अनुसार प्रत्येक २÷२ वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्नु पर्ने व्यवस्था भए अनुरूप विधि तथा प्रक्रिया अनुरुप भएको यो निर्णयले श्रमिकको जीवनस्तरमा न्यूनतम राहत पुग्ने अपेक्षा गरिएको छ । महँगीको चाप र जीवन धान्न आवश्यक न्यूनतम खर्च अहिले वृद्धि भएको पारिश्रमिक माग अनुरुप हुन नसकेता पनि पारिश्रमिक निर्धारणको न्यूनतम मापदण्डको आधारमा सरकार, रोजगारदाता र श्रमिक प्रतिनिधिहरू सम्मिलित न्यूनतम पारिश्रमिक निर्धारण समितिमार्फत सर्वसम्मत निर्णय भएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘त्रिपक्षीय निर्णय पश्चात् सरकारले २०८२ साउन १ गते प्रेस विज्ञप्ति मार्फत निर्णयलाई विधिवत् तत्काल कार्यान्वयनमा ल्याएको कुराको यो महासंघ स्वागत गर्दछ ।  साथै बृद्धि भएको पारिश्रमिकलाई आवश्यक कार्यविधि तर्जुमा गरी अविलम्व कार्यान्वयनमा लैजान र त्यसको त्रिपक्षीय संरचना बनाई अनुगनम गर्न सरकार र रोजगारदाताहरुसँग यो महासंघ जोडदार माग गर्दछ ।’

    त्यस्तै उक्त निर्णयका सन्दर्भमा केही संस्थाबाट भएका टिका टिप्पणीहरुप्रति पनि यस महासंघको गम्भीर ध्यानाकर्षण भएको पनि जनाइएको छ । ट्रेड युनियनको मूल्य, मान्यता र आदर्शप्रति प्रतिवद्ध जिम्मेवार श्रमिक संस्था भएकोले तुच्छ टिप्पणी गरी आफूलाई पानी माथिको ओभानो बनाउन खोज्ने प्रवृत्तिप्रति खेद ब्यक्त समेत गरिएको छ ।

    साथै, यही २०८२ असार २४ गते रसुवाको ल्हेन्दे खोलामा आएको बाढीबाट नेपाल–चीन सीमाको रसुवा गढी भन्सारमा ठूलो क्षति भई चीन जोड्ने मितेरी पुल नै बगाएपछि दुई देशबीच सम्बन्ध टुट्दा चिनियाँ भूमिमा फसेका नेपालीहरुको अहिलेसम्म उद्धार हुन नसकेकोप्रति महासंघले ध्यानाकर्षण गराएको छ ।

    ‘यातायात क्षेत्रका मजदुर, सवारी चालक, सहचालक लगायतका १६० भन्दा बढी नेपाली केरुङको तानसिङमा फसिरहेका र उनीहरुले उद्धारको अपिल गरेता पनि हालसम्म उद्धार हुन नसक्नु दुःखद हो । उद्धारको पर्खाईमा रहेका श्रमिकहरुले त्यहाँ बस्न गाह्रो भएको, बिरामी परेको, आवश्यक औाधिको अभाव भएको र डकुमेन्ट नभएकाले उद्धारको लागि चीन पक्षले नेपाल सरकारले नै चासो दिनु पर्छ भनेको ब्यहोरा समाचारहरुमा समेत आईरहेकोले यी श्रमिकहरुको अविलम्व उद्धार गर्न यो महासंघ नेपाल सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।  

    मितिः २०८२/०४/०६
    प्रेस विज्ञप्ति
    नेपाल ट्रेड यूनियन कांग्रेसको यही २०८२ साल साउन ४ गते बसेको बैठकमा सरकार, रोजगारदाता र श्रमिक प्रतिनिधिहरू सम्मिलित त्रिपक्षीय न्यूनतम पारिश्रमिक निर्धारण समितिको निर्णय बमोजिम हालै वृद्धि भएको न्यूनतम पारिश्रमिक वृद्धि सम्बन्धमा ब्यापक छलफल गरियो । श्रम ऐन, २०७४ को प्रावधान अनुसार प्रत्येक २÷२ वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्नु पर्ने व्यवस्था भए अनुरूप विधि तथा प्रक्रिया अनुरुप भएको यो निर्णयले श्रमिकको जीवनस्तरमा न्यूनतम राहत पुग्ने अपेक्षा गरिएको छ । महँगीको चाप र जीवन धान्न आवश्यक न्यूनतम खर्च धान्न अहिले वृद्धि भएको पारिश्रमिक माग अनुरुप हुन नसकेता पनि पारिश्रमिक निर्धारणको न्यूनतम मापदण्डको आधारमा सरकार, रोजगारदाता र श्रमिक प्रतिनिधिहरू सम्मिलित न्यूनतम पारिश्रमिक निर्धारण समिति मार्फत सर्वसम्मत निर्णय भएको छ । त्रिपक्षीय निर्णय पश्चात् सरकारले २०८२ साउन १ गते प्रेस विज्ञप्ति मार्फत निर्णयलाई विधिवत् तत्काल कार्यान्वयनमा ल्याएको कुराको यो महासंघ स्वागत गर्दछ । साथै बृद्धि भएको पारिश्रमिकलाई आवश्यक कार्यविधि तर्जुमा गरी अविलम्व कार्यान्वयनमा लैजान र त्यसको त्रिपक्षीय संरचना बनाई अनुगनम गर्न सरकार र रोजगारदाताहरुसँग यो महासंघ जोडदार माग गर्दछ ।

    यस निर्णयका सन्दर्भमा केही संस्थाबाट भएका टिका टिप्पणीहरुप्रति पनि यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । यो महासंघ ट्रेड युनियनको मूल्य, मान्यता र आदर्शप्रति प्रतिवद्ध जिम्मेवार श्रमिक संस्था भएकोले यस्ता तुच्छ टिप्पणी गरी आफूलाई पानी माथिको ओभानो बनाउन खोज्ने प्रवृत्तिप्रति यो महासंघ खेद ब्यक्त गर्दछ । साथै त्यस्ता शब्दावलीहरु यस महासंघको शब्दकोषमा नरहेको तथा त्यस्तो चरित्र र संस्कार पनि  नरहेको ब्यहोरा समेत सबैमा जानकारी गराईन्छ ।

    साथै, यही २०८२ असार २४ गते रसुवाको ल्हेन्दे खोलामा आएको बाढीबाट नेपाल–चीन सीमाको रसुवा गढी भन्सारमा ठूलो क्षति भई चीन जोड्ने मितेरी पुल नै बगाएपछि दुई देशबीच सम्बन्ध टुट्दा चिनियाँ भूमिमा फसेका नेपालीहरुको अहिलेसम्म उद्धार हुन नसकेको प्रति यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । यातायात क्षेत्रका मजदुर, सवारी चालक, सहचालक लगायतका १६० भन्दा बढी नेपाली केरुङको तानसिङमा फसिरहेका र उनीहरुले उद्धारको अपिल गरेता पनि हालसम्म उद्धार हुन नसक्नु दुःखद हो । उद्धारको पर्खाईमा रहेका श्रमिकहरुले त्यहाँ बस्न गाह्रो भएको, बिरामी परेको, आवश्यक औाधिको अभाव भएको र डकुमेन्ट नभएकाले उद्धारको लागि चीन पक्षले नेपाल सरकारले नै चासो दिनु पर्छ भनेको ब्यहोरा समाचारहरुमा समेत आईरहेकोले यी श्रमिकहरुको अविलम्व उद्धार गर्न यो महासंघ नेपाल सरकारसँग जोडदार माग गर्दछ । धन्यवाद । जय नेपाल ।
    ........................
    अजय कुमार राई
     महासचिव

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार