शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१ प्रदान

भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१ प्रदान

श्रावण ५, २०८२ सोमवार
श्रावण ५, २०८२ सोमवार
  • भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१ प्रदान

    सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा 'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१' प्रदान गरिएको छ ।

    सो सम्मान गायनतर्फ बरिष्ठ गायिका चन्द्रकला शाह र संगीततर्फ बरिष्ठ संगीतकार शीला बहादुर मोक्तानलाई जनही नगद पुरस्कार एक लाखसहित प्रदान गरिएको छ ।

    कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ दिवंगत कलाकार घनश्याम गौतमलाई प्रदान गरिएको छ । कलाकार गौतमकी धर्मपत्नी यूगज्योति क्रियाशिलले उक्त सम्मान ग्रहण गरेकी थिइन् । २५ हजार रुपैयाँ राशिको यो सम्मान सांगीतिक क्षेत्रमा कृयाशिल स्वास्थ्योपचार गराइरहेका संगीतकर्मीलाई प्रदान गर्दै आएको छ । 

    सो सम्मान भक्तराज आचार्य संगीत प्रतिष्ठानकी अध्यक्ष श्रीमती सुशिला आचार्य र सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक चन्द्र टण्डनले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका थिए । भक्तराज आचार्य संगीत प्रतिष्ठानले संगीत र कलाको क्षेत्रमा महत्तवपुर्ण योगदान पुर्याउदै आएको छ ।

    त्यसैगरी सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिदै आएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट