शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

राजेन्द्र लिङदेनको चेतावनी: पार्टी अनुशासनमा नबस्नेलाई उन्मुक्ति दिइँदैन

राजेन्द्र लिङदेनको चेतावनी: पार्टी अनुशासनमा नबस्नेलाई उन्मुक्ति दिइँदैन

श्रावण ३, २०८२ शनिवार
श्रावण ३, २०८२ शनिवार
  • राजेन्द्र लिङदेनको चेतावनी: पार्टी अनुशासनमा नबस्नेलाई उन्मुक्ति दिइँदैन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको सिद्धान्त विपरीत लेख्न र बोल्न नेता–कार्यकर्तालाई बन्देज लगाएको छ । पार्टीको प्रचार विभाग प्रमुख तथा राप्रपा प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति निकालेर नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमा लेख्दा र मिडियामा बोल्दा ख्याल गर्न सुझाएका छन् ।

    श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘...पार्टीको नीति, विचार, सिद्धान्त र वृहत्तर हित विपरीत हुने गरी सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा लिखित वा मौखिक रुपमा कुनै पनि प्रकारको अभिव्यक्ति नदिन तथा त्यससम्बन्धी कुनै पनि क्रियाकलाप नगर्नु/नगराउनु हुन पार्टीका सबै तहका नेता कार्यकर्तालाई अनुरोध गरिएको छ ।’

    राप्रपाका कतिपय नेताहरूले वक्तव्य नै निकालेर पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको आलोचना गरेका छन् । पार्टीले गरेको अनुशासनको कारबाही लगायतका कतिपयले विरोध जनाउँदै आएका छन् । यही बेला राप्रपाले नेता–कार्यकर्तालाई पार्टी सिद्धान्तविपरित लेख्न र बोल्न बन्देज लगाएको हो ।

    राप्रपाको अनुशासन समितिले पनि पार्टी सिद्धान्तविपरीत नबोल्न निर्देशन दिएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार मात्रै मुकुन्दश्याम गरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यबाट पदमुक्त गरेका थिए । आफ्नोविरुद्ध वक्तव्य जारी गरेपछि उनले गिरीलाई पदमुक्त गरेका हुन् ।

    यता अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कसैले फुटाउन नसक्ने दाबी गरेका छन् । मेचीनगरको नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले राप्रपा फुटाउने कल्पना कसैले गर्न नसक्ने जिकिर गरे ।

    राप्रपाभित्र असन्तुष्टि चर्किरहेको बेलामा उनले भने, राप्रपामा अब कसैले पनि विभाजनको कल्पना गर्न सक्दैन । राप्रपा नयाँ पार्टीको रूपमा धेरै अगाडि बढिसकेको छ । देशका लाखौं युवाहरूको आशा र भरोसाको पार्टी बनिसकेको छ । त्यसैले अब कुनै सम्भावना छैन ।

    उनले पार्टीभित्र अराजकता मच्चाउन खोज्नेलाई अनुशासनको दायरामा ल्याउने भन्दै कसैले पनि उन्मुक्ति नपाउने सुनाए। उनले आफूले कुनै गलत काम गरेर पार्टीको नेता कार्यकर्ताको शिर झुकाउने काम नगरेको जिकिर गरे ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट