शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

ल्होत्से मलमा ६० फिट लामो पोस्टर राखेर फिल्म 'बलिदान' को प्रचार शुरु

ल्होत्से मलमा ६० फिट लामो पोस्टर राखेर फिल्म 'बलिदान' को प्रचार शुरु

श्रावण १, २०८२ बिहिवार
श्रावण १, २०८२ बिहिवार
  • ल्होत्से मलमा ६० फिट लामो पोस्टर राखेर फिल्म 'बलिदान' को प्रचार शुरु

    सन्तोष सेनको नयाँ फिल्म बलिदानको प्रचार शुरु गरिएको छ । निर्देशक सेनले बालाजुस्थित ल्होत्से मलमा सिनेमाटिक पोष्टर राखेर फिल्मको प्रचारको शुरुवात गरेको जानकारी दिएका छन् ।

    बिहीबार ६० फिट लामो पोस्टर गोंगबुस्थित ल्होत्से मलको बाहिरी भागमा राख्दै सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता समीर भट्टलाई रगतले लतपतिएका र रिसाएको मुद्रामा देखाइएको छ । 

    निर्देशक सेनले एउटा सिनेमाटिक क्रान्तिको सुरुवात भन्दै विभिन्न चरणको छायांकन, सम्पादन र सृजनात्मक परिश्रमपछि  गर्वका साथ बलिदान केवल चलचित्र नभएर अब एउटा अभियान बनिसकेको बताएका छन् ।

    यस अघि प्रेमगीत- ३ निर्देशन गरेका सेनको यो दोस्रो निर्देशकीय फिल्म हो । फिल्ममा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, सन्तोष सेन, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतको अभिनय रहेको छ । यो फिल्म यसपालिको दशैंको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शन आउदैछ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार