शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मनिषालाई ब्राडफोर्ड विश्वविद्यालयको मानार्थ विद्यावारिधि

मनिषालाई ब्राडफोर्ड विश्वविद्यालयको मानार्थ विद्यावारिधि

आषाढ ३२, २०८२ बुधवार
आषाढ ३२, २०८२ बुधवार
  • मनिषालाई ब्राडफोर्ड विश्वविद्यालयको मानार्थ विद्यावारिधि

    अभिनेत्री मनिषा कोइरालालाई बेलायतको ब्राडफोर्ड विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ । कोइरालाले सामाजिक सजालबाट आफूले मानार्थ विद्यावारिधि उपाधि पाएको जानकारी गराएकी छन् ।

    उक्त सम्मान ग्रहण गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै मनिषाले लेखेकी छिन्, ‘म यहाँ परम्परागत शैक्षिक बाटो भएर होइन, जीवनमा कडा परिश्रम, असफलता, धैर्यता र सेवाबाट सिक्दै आएको व्यक्तिको रूपमा उभिएकी छु । यो सम्मान मेरो लागि शब्दमा व्यक्त गर्न सकिनेभन्दा बढी अर्थपूर्ण छ । मेरो जीवनको कथालाई महत्वपूर्ण बुझिदिनु भएकोमा यूनिभर्सिटि अफ ब्राडफोर्डलाई धन्यवाद ।’

    क्यान्सरले जितेकी मनिषाको लागि यो गर्व गर्नलायक क्षण अवश्य हो । उनले सामाजिक सञ्जालमा व्यक्त गरेको सन्देशमा जीवनको परिश्रम, असफलता र धैर्यता सिकाइको मूल स्रोतको रुपमा हुने उल्लेख गरेकी छन् । यसले औपचारिक शिक्षाभन्दा जीवनको व्यवहारिक सिकाइ महत्पूर्ण हुने बुझ्न सकिन्छ ।

    ‘कुनै पनि सपना धेरै ठूलो वा सानो हुँदैन । तपाईंले जे रोज्नु हुन्छ, त्यो पूरा हृदयले गर्नुहोस्’ मनिषाको भिडियो शेयर गर्दे विश्वविद्यालयले इन्स्टाग्राम पृष्ठमा भनेको छ । कामको कुरा गर्दा, मनिषा हालै संजयलीला भन्सालीको नेट्फिल्क्स सिरिज ‘हीरामण्डी : द डायमण्ड बजार’मा देखिएकी थिइन् । यो सिरिजमा उनले मलिकाजानको भूमिका निर्वाह गरेकी थिइन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार