शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सामाजिक सञ्जालको अभद्र टिप्पणीविरुद्धको अभियानमा जोडिए गायक रामकृष्ण ढकाल

सामाजिक सञ्जालको अभद्र टिप्पणीविरुद्धको अभियानमा जोडिए गायक रामकृष्ण ढकाल

आषाढ ३१, २०८२ मंगलवार
आषाढ ३१, २०८२ मंगलवार
  • सामाजिक सञ्जालको अभद्र टिप्पणीविरुद्धको अभियानमा जोडिए गायक रामकृष्ण ढकाल

    सामाजिक सञ्जालमा आफूमाथि हुने अभद्र टिप्पणी र गालीगलौजविरुद्ध चलिरहेको अभियानमा गायक रामकृष्ण ढकाल पनि जोडिएका छन् ।

    यस अघि गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले शुरु गरेको यस अभियानमा अन्य कलाकार पनि जोड्नेक्रम जारी रहेको छ । ढकालले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै अभद्र टिप्पणी गर्नेहरुको प्रोफाइल सार्बजनिक गरेका छन् ।

    उनले भनेका छन्- ' अति भयो, सहनै सकिएन यो हदसम्मको अपमान । सामाजिक सञ्जालमा नक्कली नाममा फेक आइडी बनाएर आफूलाई पानीमाथिको ओभानो बनाउँछु, मलाई भेटाउनै सक्दैनन् भन्ने भ्रम छ भने कृपया हटाई हाल्नुहोस् । तपाईहरू जस्ता अपराधीलाई कठहरामा उभ्याउन र अपराध कर्मलाई जरैबाट उखेल्न नै साइबर ब्युरोको जन्म भएको हो । उहाँहरुले पानी मुनीबाट पनि खोजेर सार्वजनिक गर्नु नै हुनेछ ।' 

    गायक ढकालले केही समययता कलाकारहरूले अगाडि बढाइरहेको प्रतिरोधी अभियानमा म आफू पनि उभिएर होस्टेमा हैसे गरिरहेको हुने भन्दै यो अभियानलाई थप गति दिन प्रतिभाशाली गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले गरेको साहसको पनि सम्मान गर्न चाहेको बताएका छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार