Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

अमेरिकामा कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु

अमेरिकामा कार दुर्घटनामा परेर लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

दुर्घटनामा नेपालका २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हुरीबतास र ठूलो वर्षाका बीच उनीहरूले चलाइरहेको कार रुखमा ठोकिँदै सडकबाट खसेको हो ।

रोजिनको नेपालको ठेगाना दाङ हो भने राजनको ठेगाना खुलेको छैन । दुर्घटना स्थानीय समयअनुसार जुलाई १३ शनिबार राति ९ बजेतिर भएको हो । उनीहरूसँगै होन्डा एकर्डमा सवार २ जना घाइते भएका छन् ।

दुर्घटनामा २ नेपालीको भने दुर्घटनास्थलमै मृत्यु भएको थियो । घाइते दुई यात्रुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।