शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सरकारको एक वर्ष : यस्तो छ प्रधानमन्त्रीको समीक्षा

सरकारको एक वर्ष : यस्तो छ प्रधानमन्त्रीको समीक्षा

आषाढ ३०, २०८२ सोमवार
आषाढ ३०, २०८२ सोमवार
  • सरकारको एक वर्ष : यस्तो छ प्रधानमन्त्रीको समीक्षा

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनेको एक वर्षमा आर्थिक सूचकांकहरू सकारात्मक देखिएको बताएका छन् ।

    सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले एक वर्षमा विकासका राष्ट्रिय आयोजनाहरूको कामले समेत गति लिएको दाबी गरेका हुन् । यसअघि टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन नभए पनि अहिले त्यो शुरूआत भएको प्रधानमन्त्री ओलीको दाबी छ ।

    नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्वपूर्ण कानुनहरू संशोधन भएको र तिनले क्रमैसँग लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढाएको उनले उल्लेख गरेका छन् । गर्नु पर्ने कामहरू अझै धेरै भएकाले सरकारको ध्यान त्यसैमा केन्द्रित रहेको उनको भनाइ छ ।

    ‘हामी सरकारमा आएको एक वर्ष पुग्दै छ । यस बीचमा मुलुकको आर्थिक सूचकांकहरू सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको छ । टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुवात भएको छ,’ उनले लेखेका छन्, ‘नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्वपूर्ण कानुनहरू संशोधन भएका छन् र तिनले क्रमैसँग लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै छ। गर्नु पर्ने धेरै कामहरू छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार