बागमती प्रदेश सरकारलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएको छ । सो पार्टीले आज (बुधबार) प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई समर्थन फिर्ताको पत्र बुझाएको हो ।
प्रदेश सरकारमा नेकपा एमालेका ६ मन्त्री सहभागी छन् । उनीहरूमध्ये पाँच मन्त्री समर्थन फिर्ताको पत्र बुझाउने क्रममा प्रदेश प्रमुखको कार्यकक्षमा सहभागी थिए ।
किरण थापामगर भने हाल काठमाडौँ रहेकोले अनुपस्थित रहेको बताइएको छ ।