शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मन्त्री गुप्ताको अडियो प्रकरणमा प्रधानमन्त्रीले छानबिन गर्नुपर्छ: योगेश भट्टराई

मन्त्री गुप्ताको अडियो प्रकरणमा प्रधानमन्त्रीले छानबिन गर्नुपर्छ: योगेश भट्टराई

आषाढ २९, २०८२ आइतवार
आषाढ २९, २०८२ आइतवार
  • मन्त्री गुप्ताको अडियो प्रकरणमा प्रधानमन्त्रीले छानबिन गर्नुपर्छ: योगेश भट्टराई

    नेकपा एमालेका सचिव योगेश भट्टराईले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणको छानविन गर्नुपर्ने बताएका छन् ।

    संसद भवन परिसरमा सञ्चारकर्मीलाई प्रक्रिया दिदै भट्टराईले अडियो प्रकरणको छानबिन गरेर दोषी हो भने कारवाही गर्नुपर्ने बताए ।

    उनले भने- 'मिडियामा आएका अडियो हामीले पनि सुनेका छौं । प्रधानमन्त्रीले अडियो प्रकरणमा छानबिन गर्नुपर्छ र सम्बन्धित मन्त्रीले संसदमा जानकारी दिनुपर्छ । मन्त्रीहरु यस्ता घटनामा संलग्न छन् भने त्यस्ता मन्त्रीहरुलाई हटाउनु पर्छ ।'

    सांसद भट्टराईले आफूमाथि प्रश्न उठेपछि संसदमा आएर जवाफ दिनुपर्ने बताएका छन् । साथै उनले मन्त्री संलग्न भएको प्रमणित भएमा प्रधानमन्त्रीले नजरअन्दाज गर्ने कुरा नहुने बताए ।

    आइतबारको प्रतिनिधि सभाको बैठकमा पनि सांसदहरुले मन्त्री गुप्ताको अडियो प्रकरण बारे प्रश्न उठाउदै छानबिनको माग गरेका थिए ।     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट