Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

डा. मुकुल ढकालको रिटमा कारबाहीको सक्कल फाइल मगाउन आदेश

डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीकै रूपमा काम गर्न पाउँ भन्दै दायर गरेको रिटमा पार्टी कार्यलयबाट कारबाही गरेको सक्कल फाइल मगाउन आदेश भएको छ ।

सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासले पार्टी कार्यलयबाट कारबाही गरेको सक्कल फाइल मगाउने आदेश भएको हो । 

डा. ढकालले आफू रास्वपाको महामन्त्री रहेको दाबी गर्दै सो हैसियतमा काम गर्न र गराउन पाउँ भन्दै रिट दायर गरेका थिए । उनले रिटमा परमादेश, उत्प्रेषणसहितको आदेश माग गरेका छन् ।

रिटमा उनले रास्वपाको केन्द्रीय कार्यालयसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतलाई विपक्षी बनाएका छन् ।