Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नु भयो: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत स्रष्टाहरूलाई भानु जयन्तीको हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीले सामाजिक सञ्जाल लेखेका छन्, ‘आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती । आदिकवि, जसले नेपाली मनमा रामायण रोपेर जानुभयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नु भयो । नेपाली भाषामा आदिलेखन थालनी गर्नु भएका भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना ।’

आज देशभरि नै आदिकवि भानुभक्त आचार्यको २१२औं जन्म जयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ ।