शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

आषाढ २८, २०८२ शनिवार
आषाढ २८, २०८२ शनिवार
  • प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

    प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आएका छन् ।  प्रधानमन्त्री ओली दुई दिनसम्म झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुने जानकारी दिइएको छ । शनिबार बिहान ११ बजे चन्द्रगढी विमानस्थलमा पुगेका प्रधानमन्त्री ओलीलाई एमालेका कोशी प्रदेश इञ्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायत नेताले स्वागत गरेका थिए ।

    प्रधानमन्त्री ओलीले बुद्धशान्ति गाउँपालिका-३ स्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गर्ने, कन्काई नगरपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको धनीपुर्जा वितरण गर्ने लगायतका कार्यक्रम रहेका छन् ।

    त्यस्तै प्रधानमन्त्री ओलीले आजै इलाम जिल्लाको माई नगरपालिकाका अव्यवस्थित बसोबासी, भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाको धनीपुर्जा वितरण गर्ने र माई नगरपालिकामा रहेको नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    त्यस्तै प्रधानमन्त्री ओलीले आइतबार दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपो सडकखण्डको उद्घाटन र बिर्तामोडको सिटीसेन्टरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ  ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार