शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक: झलनाथ खनाल

पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक: झलनाथ खनाल

आषाढ २८, २०८२ शनिवार
आषाढ २८, २०८२ शनिवार
  • पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक: झलनाथ खनाल

    नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक भएको टिप्पणी गरेका छन् ।

    शनिबार चीनबाट फर्केपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले पूर्वराष्ट्रपति भण्डारी कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध बनाउने उद्देश्यले राजनीतिमा फर्किएको हो भने त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका हुन् । 

    उनले भने- 'पूर्व राष्ट्रपति विद्या भण्डारी कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध बनाउने उद्देश्यले राजनीतिमा फर्किएको हो भने त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ । एमालेले नै अरूलाई एकताबद्ध गर्न नचाहेकाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको पनि सत्य हो । एमालेले वामपन्थी एकता गर्न चाहे ठुलो संख्याको एकता हुनसक्ने सम्भावना रहेको छ ।’ 

    नेता खनालले अहिलेको एमालेको नेतृत्वबाट वामपन्थी एकताको सम्भावना नरहेको दाबि गरे । नेता खनाल चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा बेइजिङमा आयोजित 'विश्व सभ्यता संवाद' मा सहभागी हुन असार २३ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार