शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कांग्रेसमा देश र जनताका लागि काम गर्ने नेता–कार्यकर्ता पाउन मुस्किल: देउवा

कांग्रेसमा देश र जनताका लागि काम गर्ने नेता–कार्यकर्ता पाउन मुस्किल: देउवा

आषाढ २७, २०८२ शुक्रवार
आषाढ २७, २०८२ शुक्रवार
  • कांग्रेसमा देश र जनताका लागि काम गर्ने नेता–कार्यकर्ता पाउन मुस्किल: देउवा

    सत्ता साझेदार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसमा देश र जनताका लागि काम गर्ने नेता–कार्यकर्ता पाउन मुस्किल भएको बताएका छन् ।

    बागलुङका संस्थापक नेता गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको १३ औं दिनको श्रद्धाञ्जली सभामा आएका देउवाले कँडेलको जस्तो त्याग र निष्ठा अब नपाइने बताए । कँडेलले राजनीतिमा लागेर कहिल्यै पनि केही नमागेको बताएका छन् । काठखोला गाउँपालिका–५ करलिमस्थित कँडेलकै निवासमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका देउवाले सबैलाई लोकतन्त्रको चिन्ता गर्न समेत आग्रह गरे । उनले लोकतन्त्र संस्थागत गर्न सकेमा सबैको राजनीतिक भविष्य सुरक्षित बन्ने धारणा राखेका थिए ।

    कार्यक्रममा अर्का नेता कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य चम्पा खड्का, अर्जुन जोशीलगायतले पनि कँडेलप्रति श्रद्धाञ्जली दिए । श्रद्धाञ्जलीसभाका लागि कांग्रेसका नेता तथा कार्यकर्ता कँडेल निवास पुगेका थिए । कँडेल २०४८ सालमा बागलुङ क्षेत्र नं १ बाट विजयी सांसद समेत थिए ।

    तत्कालीन संसद् विघटन हुँदा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई गल्ती गरेको भन्दै औल्याउने कँडेल थिए । बीपी कोइरालाले मेलमिलापको नीति लिएर आउने बेलामा पनि कँडेल एयरपोर्टबाटै पक्राउ परेर ७ वर्ष जेल बसेका थिए । कँडेल पछिल्लो पटक बीपी चिन्तन प्रतिष्ठानको अध्यक्ष थिए । कँडेलकै अध्यक्षतामा असार २ गते बीपी चिन्तन प्रतिष्ठानमार्फत तीन तहको बजेट निर्माण प्रक्रियाका समस्याबारे छलफल कार्यक्रम सम्पन्न भएको थियो । असार १५ गते कँडेलको निधन भएको हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार