शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कपिल शर्माको क्यानडाको क्याफेमा गोली चल्यो

कपिल शर्माको क्यानडाको क्याफेमा गोली चल्यो

आषाढ २६, २०८२ बिहिवार
आषाढ २६, २०८२ बिहिवार
  • कपिल शर्माको क्यानडाको क्याफेमा गोली चल्यो

    भारतीय हाँस्य कलाकार कपिल शर्माले क्यानडाको ब्रिटिश कोलम्बियाको सरेमा रहेको क्याफेमा गोली चलेको छ । कपिल शर्माले तीन दिनअघि, जुलाई ७ मा क्याप्स क्याफे नामक क्याफेको संचालन गरेका छन् । मिडिया रिपोर्टका अनुसार आक्रमणकारीहरूले क्याफेमा ९ राउन्ड गोली चलाएका थिए ।

    एनडीटीभीको रिपोर्टले खालिस्तानी नेता हरजीत सिंह लाडीले आक्रमणको जिम्मेवारी लिएको दाबी गरेको छ । हरजीत सिंह राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) को सूचीमा रहेका मोस्ट वान्टेड मध्ये एक हुन् ।

    आक्रमणकारीले गोली चलाएको भिडियो पनि बनाएको छ, जुन सामाजिक सञ्जालमा बढ्दो रूपमा भाइरल भइरहेको छ । यसमा क्याफे बाहिर कारमा बसेको एक व्यक्ति कार भित्रबाट निरन्तर गोली चलिरहेको देखिन्छ । यद्यपि, घटनामा अहिलेसम्म कोही घाइते भएको खबर छैन ।

    गोली चलेको घटनापछि प्रहरी र फोरेन्सिक टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको बताएको छ । कमेडी शोको क्रममा निहंग सिखहरू विरुद्ध गरिएको टिप्पणीलाई लिएर हरजीत सिंह लाडीले कपिल शर्माको क्याफेमा गोली चलाएको बताइएको छ ।

    सामाजिक सञ्जालमा, हरजीत सिंह लाडी र तुफान सिंह नामका अर्का व्यक्तिले कपिल शर्मालाई सार्वजनिक रूपमा माफी माग्न भिडियो मार्फत चेतावनी दिएका छन् र यदि उनले माफी मागेनन् भने मामिला बिग्रन सक्ने भनेका छन् ।

    दुवैले कपिल शर्माका प्रबन्धकलाई धेरै पटक सम्पर्क गर्ने प्रयास गरेको दाबी पनि गरे, जसलाई बेवास्ता गरिएको बताएका छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट