मञ्जु कँडेलको नयाँ तीज गीत ‘छनी तीज आको’ ले यति बेला श्रोताहरूको मन जितिरहेको छ। मञ्जु कँडेलको शब्द रचना रहेको यस गीतमा गायक विनोद महातराको र गायिका तारा थापाको सुमधुर स्वर रहेको छ।
तीजको मौलिक परम्परा, नारीका भावनात्मक सङ्घर्षहरू, उत्सव र उल्लासलाई समेट्दै तयार पारिएको यो गीतले नेपाली समाजमा महिलाको जीवन, चाडपर्वको सांस्कृतिक महत्त्व र सामूहिक भावनालाई गहिरोसँग उजागर गरेको छ।
अपाङ्गताका बाबजुद कँडेल विगत केही वर्षदेखि कविता, गजल, कथा तथा गीत लेखनमा निरन्तर सक्रिय रहँदै आएकी छन्। उनको यो अथक साधना र सिर्जनात्मकताले धेरैलाई जीवनमा अघि बढ्न प्रेरित गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्