शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

‘मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन

‘मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन

आषाढ २१, २०८२ शनिवार
आषाढ २१, २०८२ शनिवार
  • ‘मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन

    हाँस्य टेलिशृंखला ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’ पात्रको भूमिका गरेर चर्चित बनेकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ । केही महिनादेखि घरमै थलिएकी उनको शुक्रबार राति निधन भएको उनीसँग ‘उल्टो सुल्टो’ लगायतका सिरियलमा काम गरेकी सुशीला निरौला (विमली) ले जानकारी दिएकी छन् ।

    स्तन क्यान्सरलगायतका रोगबाट पीडित लक्ष्मी केही सातादेखि ओछ्यानमै थलिएकी थिइन् । दसैँदेखि अस्वस्थ भएकी उनलाई चार महिनाअघि भक्तपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो । पछि अस्पताल लैजाने–ल्याउने गरेकोमा एक महिनाअघि अस्पतालले उपचार सम्भव नभएको भन्दै घर फर्काइदिएको थियो । त्यसयता उनी काठमाडौँको कपन बालुवाखानीस्थित घरमै थलिएकी थिइन् ।

    बिरामी परेपछि उनले आफूसँग सहकार्य गरेका कलाकारहरू भेट्ने चाहना गरेकी थिइन् । उनलाई भेट्न सीताराम कट्टेल धुर्मुससहित कुञ्जना घिमिरे सुन्तली घरमै पुगेका थिए । अन्य कलाकारहरुले समेत उनलाई भेट्न पुगेका थिए । ‘मेरी बास्सै’ मा लक्ष्मीले सीताराम कट्टेलले निर्वाह गर्ने खड्काजीको श्रीमती (अप्सरा आमा) को भूमिकामा देखिएकी थिइन् । 

    छुच्चो भूमिकामा अभिनय गरेकी अप्सरा आमा र खड्काजीको जोडीलाई निकै रुचाइएको थियो । लक्ष्मीले जिरे खुर्सानी, कान्छीसहित थुप्रै फिल्म र म्युजिक भिडिओमा समेत अभिनय गरेकी छिन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट