शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

केटी पेरी र ओर्लान्डो ब्लूम इन्गेजमेन्टको ६ बर्षपछि अलग

केटी पेरी र ओर्लान्डो ब्लूम इन्गेजमेन्टको ६ बर्षपछि अलग

आषाढ २०, २०८२ शुक्रवार
आषाढ २०, २०८२ शुक्रवार
  • केटी पेरी र ओर्लान्डो ब्लूम इन्गेजमेन्टको ६ बर्षपछि अलग

    पप स्टार केटी पेरी र अभिनेता ओर्लान्डो ब्लूमले इन्गेजमेन्टको ६ बर्षपछि अलग भएका छन् । 

    दुवै २०१६ देखि अफ्यर्समा रहेपछि २०१९ मा इन्गेजमेन्ट गरेका थिए । अब लगभग छ वर्षपछि दुवै जनाले आफ्नो सम्बन्ध तोडेर अलग्गिएको घोषणा गरेका छन् । केटी पेरी र ओर्लान्डोबीचको सम्बन्ध आधिकारिक रूपमा समाप्त भएको छ । दुवैका एक छोरी रहेकी छन् ।

    उनीहरुले पछिल्लो महिनाहरुदेखि आफ्नो सम्बन्ध परिवर्तन गरेर सार्वजनिक रूपमा आफ्नी छोरीलाई हुर्काइरहेको जनाकारी दिएका छन् । हालै, अभिनेता ओर्लान्डो ब्लूमले व्यवसायी जेफ बेजोस र लरेन सान्चेजको भव्य विवाहमा एक्लै उपस्थित भएपछि पेरीसँगको उनको ब्रेकअपको चर्चा बढेको थियो ।

    पप स्टार केटी पेरी र ओर्लान्डो ब्लूमको पहिलो भेट सन् २०१६ मा भएको थियो । यसपछि, दुवैले २०१९ मा भ्यालेन्टाइन डेमा इन्गेजमेन्ट गरेका थिए । त्यसपछि अगस्ट २०२० मा, कोरोना महामारीको बीचमा दम्पतीले आफ्नी छोरी डेजी डोभलाई स्वागत गरे । यसका साथै, ब्लूम र उनकी पूर्व पत्नी, अष्ट्रेलियाली मोडेल मिरान्डा केरको एक छोरा फ्लिन छन्, जसको जन्म २०११ मा भएको थियो ।

    ४० बर्षिय गायिका पेरीले २०१० मा रसेल ब्राण्डसँग विवाह गरेकी थिइन् र उनीहरु २०१२ मा अलग भएका थिए ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट