Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

पद्मश्री साहित्य पुरस्कारको लागि छानियो १५ पुस्तक

पद्मश्री साहित्य पुरस्कारका लागि पहिलो चरणमा १५ पुस्तक छनोट गरिएको छ । 

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अनुसार २०८१ सालमा प्रकाशित २०३ वटा साहित्यिक पुस्तक प्रतिष्ठानमा प्राप्त भएकोमा पहिलो चरणमा १५ पुस्तकलाई प्रारम्भिक सूचीमा छनौट गरिएको हो ।

सूचीमा परेका १५ पुस्तकमध्येबाट ५ वटा कृतिलाई आगामी महिना उत्कृष्ट संक्षिप्त सूची चयन गर्ने खेमलाल हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन् ।

प्रारम्भिक सूचीका परेका १५ पुस्तक

१- शैलेन्द्र अधिकारीको उपन्यास अर्हत

२- छुदेन काविमोको आख्यान उरमाल

३- रमेश क्षितिजको कथा संग्रह एउटा मायी नगरमा

४- रमेश भुसालको गैरआख्यान छालबाटो

५- भवानी खतिवडाको नियात्रा प्रणाम सगरमाथा

६- पंचम अधिकारीको आख्यान प्रवासीको देश हुन्न

७- दिनेश अधिकारीको कविता पानीको परेड

८- श्रेयज सुवेदीको कथासंग्रह बहुरुपी

९- टंक चौलागाईको उपन्यास रुदाने

१०- सरस्वती प्रतीक्षाको उपन्यास स्व

११- हेम प्रभासको कविता साँझमा सेल्फी

१२- डा. श्रीधर खनालको उपन्यास सावर्णि

१३- बसन्त बस्नेतको आख्यान सिमसारा

१४- हेमन्त मिश्रको संस्मरण श्री ५ को सेवामा

१५- तीर्थ गुरुङको उपन्यास हिउँको गीत

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक बर्ष पद्माश्री साहित्य पुरस्कार, पद्माश्री साधना सम्मान र पद्माश्री गौरव पुरस्कार गरी तीन विधामा साहित्य पुरस्कार प्रदान गर्ने गर्दछ । हरेक पुरस्कारको राशी तीन लाख नगद र सम्मान पत्र रहेको छ ।

padhmashree1751173911.jpg