शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

पद्मश्री साहित्य पुरस्कारको लागि छानियो १५ पुस्तक

पद्मश्री साहित्य पुरस्कारको लागि छानियो १५ पुस्तक

आषाढ १५, २०८२ आइतवार
आषाढ १५, २०८२ आइतवार
  • पद्मश्री साहित्य पुरस्कारको लागि छानियो १५ पुस्तक

    पद्मश्री साहित्य पुरस्कारका लागि पहिलो चरणमा १५ पुस्तक छनोट गरिएको छ । 

    खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अनुसार २०८१ सालमा प्रकाशित २०३ वटा साहित्यिक पुस्तक प्रतिष्ठानमा प्राप्त भएकोमा पहिलो चरणमा १५ पुस्तकलाई प्रारम्भिक सूचीमा छनौट गरिएको हो ।

    सूचीमा परेका १५ पुस्तकमध्येबाट ५ वटा कृतिलाई आगामी महिना उत्कृष्ट संक्षिप्त सूची चयन गर्ने खेमलाल हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन् ।

    प्रारम्भिक सूचीका परेका १५ पुस्तक

    १- शैलेन्द्र अधिकारीको उपन्यास अर्हत

    २- छुदेन काविमोको आख्यान उरमाल

    ३- रमेश क्षितिजको कथा संग्रह एउटा मायी नगरमा

    ४- रमेश भुसालको गैरआख्यान छालबाटो

    ५- भवानी खतिवडाको नियात्रा प्रणाम सगरमाथा

    ६- पंचम अधिकारीको आख्यान प्रवासीको देश हुन्न

    ७- दिनेश अधिकारीको कविता पानीको परेड

    ८- श्रेयज सुवेदीको कथासंग्रह बहुरुपी

    ९- टंक चौलागाईको उपन्यास रुदाने

    १०- सरस्वती प्रतीक्षाको उपन्यास स्व

    ११- हेम प्रभासको कविता साँझमा सेल्फी

    १२- डा. श्रीधर खनालको उपन्यास सावर्णि

    १३- बसन्त बस्नेतको आख्यान सिमसारा

    १४- हेमन्त मिश्रको संस्मरण श्री ५ को सेवामा

    १५- तीर्थ गुरुङको उपन्यास हिउँको गीत

    खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक बर्ष पद्माश्री साहित्य पुरस्कार, पद्माश्री साधना सम्मान र पद्माश्री गौरव पुरस्कार गरी तीन विधामा साहित्य पुरस्कार प्रदान गर्ने गर्दछ । हरेक पुरस्कारको राशी तीन लाख नगद र सम्मान पत्र रहेको छ ।

    padhmashree1751173911.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार