Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

आङछिरिङ शेर्पालाई यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार

यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार पर्यटन व्यवसायी आङछिरिङ शेर्पालाई प्रदान गरिने भएको छ । 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मदन भण्डारी फाउण्डेशनले यसबारे जानकारी दिएको हो । फाउण्डेशनका सचिवालय सदस्य रामशरण प्याकुरेलकाअनुसार ४७ वर्षीय शेर्पा ४७ वर्षदेखि वातावरण र जलवायु परिवर्तनको मुद्दामा सक्रिय छन् ।

पर्यटन व्यवसायी समेत रहेका शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङ्ग गाउँका बासिन्दा छन् । शेर्पाले करिब १५ वर्षसम्म नेपाल पर्वतारोहण संघको नेतृत्व गरेका थिए ।

शेर्पालाई असार १४ गते जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा एक लाख रूपैयाँ नगदसहित सम्मान गरिने बताए।