शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

आङछिरिङ शेर्पालाई यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार

आङछिरिङ शेर्पालाई यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार

आषाढ १२, २०८२ बिहिवार
आषाढ १२, २०८२ बिहिवार
  • आङछिरिङ शेर्पालाई यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार

    यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार पर्यटन व्यवसायी आङछिरिङ शेर्पालाई प्रदान गरिने भएको छ । 

    बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मदन भण्डारी फाउण्डेशनले यसबारे जानकारी दिएको हो । फाउण्डेशनका सचिवालय सदस्य रामशरण प्याकुरेलकाअनुसार ४७ वर्षीय शेर्पा ४७ वर्षदेखि वातावरण र जलवायु परिवर्तनको मुद्दामा सक्रिय छन् ।

    पर्यटन व्यवसायी समेत रहेका शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङ्ग गाउँका बासिन्दा छन् । शेर्पाले करिब १५ वर्षसम्म नेपाल पर्वतारोहण संघको नेतृत्व गरेका थिए ।

    शेर्पालाई असार १४ गते जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा एक लाख रूपैयाँ नगदसहित सम्मान गरिने बताए।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट