Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

इरानबाट थप चार नेपालीको उद्धार

इरानबाट थप चार नेपालीको उद्धार भएको छ । दिल्लीस्थित नेपाली दुताबासका अनुसार इरानको मसादबाट चार जना नेपाली दिल्ली आइपुगेका हुन् । 

उनीहरुलाई दूतावासका अधिकारीहरू र भारतको विदेश मन्त्रालयका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए । उनीहरू आजै नेपालको बुटवल प्रस्थान गर्ने दुताबासले जानकारी दिएको छ ।

यसअघि भारत सरकारले इरानबाट दुई नेपालीको उद्धार गरेको थियो । इरानमा रहेका ११ जना नेपालीले उद्धारको अनुरोध गरेपनि अहिलेसम्म ६ नेपाली फर्किएका छन् ।