शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

इरानबाट दुई नेपालीको उद्धार, दिल्लीहुदै काठमाडौँ आउदै

इरानबाट दुई नेपालीको उद्धार, दिल्लीहुदै काठमाडौँ आउदै

आषाढ ११, २०८२ बुधवार
आषाढ ११, २०८२ बुधवार
  • इरानबाट दुई नेपालीको उद्धार, दिल्लीहुदै काठमाडौँ आउदै

    इरानबाट उद्धार गरिएका २ जना नेपाली नागरिक भारतको दिल्ली आइपुगेका छन् ।

    नेपाली राजदूतावासका अनुसार गणेशप्रसाद पोखरेल र सुमन गैरे मंगलबार दिउँसो नयाँदिल्ली आइपुगेका हुन् । दूतावास र भारतीय विदेश मन्त्रालयले उनीहरूलाई विमानस्थलमा 'रिसिभ' गरेका थिए । दुवै जना बुटवलका रहेको पनि दूतावासले जानकारी दिएको छ ।

    दूतावासले दुवै जना काठमाडौंका लागि उडिसकेको जनाएको छ । इरानबाट ११ जना नेपालीले नेपाल फर्किन अनुरोध गरेकोमा पहिलो चरणमा दुई जनाको उद्धार गरिएको हो । नेपाल आउन चाहेका सबैजना आइतबार राति नै तेहरानबाट मसद पुगिसकेका छन् ।

    भारतले आफुले आफ्ना नागरिकको उद्धारका लागि चलाएको अप्रेशन सिन्धु अन्तर्गत नेपाल र श्रीलंकाका नागरिकको पनि उद्धार गर्ने यस अघि जानकारी दिएको थियो । भारतीय विदेश मन्त्रालयले इरानको मसदबाट विशेष विमानमार्फत २८१ भारतीयसहित श्रींलकाका ३ र नेपालका २ जनाको उद्धार गरिएको जानकारी दिएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट