Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

राष्ट्र बैंकद्वारा पेवेल नेपाल र सजिलो पे पेमेन्ट सर्भिसेजको अनुमतिपत्र खारेज

नेपाल राष्ट्र बैंकले पेवेल नेपाल प्रालि तथा सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिलाई प्रदान भएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको छ ।

राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको रूपमा कार्य गर्ने गरी अनुमतिपत्रप्राप्त संस्था पेवेल नेपाल र सजिलो पे पेमेन्ट सर्भिसेजले भुक्तानी तथा फर्यौट ऐन, २०७५, भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ का विभिन्न प्रावधानहरूको उल्लङ्घन गरेको पाइएकोले अनुमतिपत्र खारेज गरेको जानकारी दिएको छ ।

बैंकको सञ्चालक समितिको विहिबार बसेको बैठकले भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ३५ को उपदफा (१) को खण्ड (च) को व्यवस्थाअनुसार उक्त संस्थाहरूको अनुमतिपत्र खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।