राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पौडेललाई मसी प्रहार गरिएको छ ।
बिहीबार गढीमाई नगरपालिका–७ पर्सामा आयोजित ‘जनतासँग भेटघाट कार्यक्रम’ सकेर फर्किने क्रममा मास्क लगाएका २–३ जनाको समूहले सांसद पौडेलमाथि कालोमसी दलेर फरार भएको बताइएको छ।
सांसद पौडेलका अनुसार राति करिब ८ बजेको बीचमा पछाडिबाट आएका व्यक्तिहरूले ढाडमा कालोमसी दलेका थिए।
आक्रमणकारीहरूले हातमा रातो झण्डा र पर्चा बोकेका थिए र आफूलाई ‘मधेश मुक्ति अभियान’सँग आबद्ध रहेको संकेत दिएको उनले दाबी गरेका छन्।