नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको ९ सयले बढेर तोलामा एक लाख ९५ हजार ९ सयमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार सुन तोलाको एक लाख ९५ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलामा ६५ रुपैयाँले बढेर तोलाको २२२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्