Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनको मूल्यमा भारी गिरावट, आज तोलाको कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार रुपैयाँ कायम भएको छ।

हिजो (सोमबार) सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार पाँच सय रुपैयाँ रहेको थियो। यो हिसाबले सुनको मूल्य प्रतितोला २ हजार पाँच सय रुपैयाँले घटेको छ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। आज चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय ६० रुपैयाँ कायम भएको छ, जुन हिजोको तुलनामा पाँच रुपैयाँले कम हो।

सोमबार चाँदीको मूल्य दुई हजार एक हजार ६५ रुपैयाँ थियो।