Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

साताको पहिलो दिन ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो?

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य चार सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा चार  सय रुपैयाँले बढेर एक लाख ९७ हजार पाँच सयमा कारोबार भइरहेको छ ।

यसअघि गत शुक्रबार सुन तोलाको एक लाख ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।


गत शुक्रबार चाँदीको मुल्य १५ रुपैयाँले बढेर तोलामा दुई हजार १६५ मा कारोबार भएको थियो ।