Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

ट्रेड टावरको आईपीओ आइतबार बाँडफाँड हुने

ट्रेड टावर लिमिटेडको आईपीओ आइतबार बाँडफाँड हुने भएको छ ।

लक्ष्मी सनराइज क्यापिटलका अनुसार कम्पनीको आईपीओ आइतबार नयाँ बानेश्वरमा रहेको क्यापिटलको कार्यालयमा बाँडफाँड हुने भएको हो ।

कम्पनीले गत जेठ १४ गतेदेखि २० गतेसम्म आम सर्वसाधारणका लागि ३२ लाख ९६ हजार ५०६ कित्ता सेयर जारी गरेको थियो । यो आईपीओमा कुल २१ लाख ७१ हजार १५४ आबेदकबाट २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन माग भएको छ ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओको बाँडफाँड गोलाप्रथा विधिबाट हुनेछ । जस अनुसार करिव १७ लाख आवेदकको हात खाली हुने छ ।