Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

राष्ट्र बैंकद्वारा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन

नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ । गभर्नर डा. विश्व पौडेलले बैंकिङ क्षेत्र क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न डा. रेवतबहादुर कार्की-संयोजक रहको तीन सदस्यीय कार्डल गठन गरेका हुन् । 

कार्यदलको सदस्यमा भुवनकुमार दहाल छन् भने नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक, सदस्य सचिव रहेका छन् । उक्त कार्यदलको समयावधि एक महिनाको तोकिएको छ । 

कार्यदललाई बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकास, आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका, ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदम, बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याहरूको पहिचान तथा समाधानको सुझाव, नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका, पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका बारे अध्ययन गरेर सुझाव दिन कार्यादेश दिएको राष्ट्र बैंकले जनाएको छ ।