शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सिटिजन्स बैंकले विश्व वातावरण दिवसमा गर्याे लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा वृक्षारोपण

सिटिजन्स बैंकले विश्व वातावरण दिवसमा गर्याे लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा वृक्षारोपण

जेठ ३०, २०८२ शुक्रवार
जेठ ३०, २०८२ शुक्रवार
  • सिटिजन्स बैंकले विश्व वातावरण दिवसमा गर्याे लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा वृक्षारोपण

    सिटिजन्स बैंकले विश्व वातावरण दिवसको उपलक्ष्यमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा वृक्षारोपण सम्पन्न गरेको छ ।

    ‘बिट द प्लाष्टिक ’भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०८२ साल जेठ २८ गते बुधबारको दिन लुम्बिनी प्रदेशको वनबाटिका तिलोत्तमा नगरपालिकामा र कर्णाली प्रदेशको भाइराम सामुदायिक वन, बिरेन्द्रनगरमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

    विश्व वातावरण दिवस २०२५ को अवसरमा लुम्बिनी प्रदेशमा करिव १०५ विभिन्न प्रजातिका विरुवा र कर्णाली प्रदेशमा १०० भन्दा बढि विरुवा रोपेर बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा स्वस्थ शिविर सन्चालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेका छ ।

    हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै सेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ९८ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट