Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

साताको अन्तिम दिन तोलामा ४२ सयले बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ४२ सयले बढेर तोलाको एक लाख ९७ हजार एक सयमा कारोबार भइरहेको छ । 

यसअघि विहिबार सुन तोलाको एक लाख ९२ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले बढेर २१६५ रुपैयाँमा कारोबार भइरहेको छ ।