Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

शुक्रबारदेखि प्रसारणमा आउँदै ‘भ्वाइस किड्स’ सिजन–४

बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ४ भोलि (शुक्रबार) देखि प्रसारणमा आउने भएको छ । 

निर्माणपक्षले आज (बिहीबार) ग्रान्ड प्रिमियर गर्दै शुक्रबारदेखि सुरु हुने जानकारी गराएको हो । प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे भ्वाइस किड्स प्रसारणमा आउन लागेको जानकारी गराएको हो ।

Photo (10).jpg

यो सिजनमा कोचका रूपमा सत्यराज आचार्य, मिलन नेवार, खेम सेञ्चुरी र मेलिना राई छन् । भ्वाइस किड्समा ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले भाग लिँदैछन् ।

शो हिमालय टिभी र द भ्वाइस अफ नेपालको युट्युबमा दर्शकले हेर्न पाउनेछन् ।