शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

अभिनेत्री दियाले गरिन् युरोपको सबैभन्दा अग्लो शिखर आरोहण

अभिनेत्री दियाले गरिन् युरोपको सबैभन्दा अग्लो शिखर आरोहण

जेठ २९, २०८२ बिहिवार
जेठ २९, २०८२ बिहिवार
  • अभिनेत्री दियाले गरिन् युरोपको सबैभन्दा अग्लो शिखर आरोहण

     अभिनेत्री तथा पर्वतारोही दिया पुनले युरोपको सबैभन्दा अग्लो शिखर, माउन्ट एल्ब्रुस (५,६४२ मिटर) को सफलतापूर्वक आरोहण गरेकी छन्।

    उनी जुन १० तारिखको बिहानमा टेजन गुरुङ (एलिट एक्सपेडिसन) र रसियन गाइड लिउन अताबिएभ र एड्गरसँगै शिखरमा पुगेकी हुन्। यो अभियान एलिट एक्सपेडिसन प्रालिले आयोजना गरेको थियो। यस उपलब्धिसँगै उनले ‘सेभेन समिट्स’ चुनौतीमा, सात महादेशका सबैभन्दा अग्ला शिखरहरू चढ्ने आफ्नो महत्वाकांक्षी लक्ष्य अघि बढाएकी छन ।

    अहिलेसम्म पुनले सातमध्ये चार शिखर सफलतापूर्वक आरोहण गरिसकेकी छन् : माउन्ट एभरेष्ट (एशिया), किलिमन्जारो (अफ्रिका), अकोंकागुवा (दक्षिण अमेरिका), र अहिले माउन्ट एल्ब्रुस (युरोप)। उनका आगामी लक्ष्यमा कास्र्टेन्स पिरामिड (ओसियानिया), डेनाली (उत्तर अमेरिका), र माउन्ट विन्सन (अन्टार्कटिका) समावेश छन्।

    दिया पुनले आफू अभिनित प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक्लो’ को पोस्टर र नेपालको झण्डा साथमा लगेकी थिइन्। उनको अभिनय रहेको चलचित्र ‘एक्लो’ अहिले चर्चामा छ । केही हप्ता अघि मात्र चलचित्र ‘एक्लो’ ले कान्समा स्टल राखेर चलचित्रको मार्केटिङ गरेको थियो। कान्स पछि ‘एक्लो’ को चर्चा बढेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार