Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

वेभ सिरिज 'पञ्चायत' को चौथो सिजनको ट्रेलर रिलिज

बलिवुडमा कोरोना पछि बढेको वेभ सिरिजको ट्रेन्डमा आफुलाई फरक राख्दै चर्चाको शिखरमा पुगेको पञ्चायतको चौथो सिजनको ट्रेलर रिलिज भएको छ ।

ट्रेलरले ग्रामिण परिवेशको फुलेरा पञ्चायतमा चुनावी माहोल देखाएको छ । यसका साथै रिंकी र सचिव जी (अभिषेक त्रिपाठी) को प्रेमकथा पनि अगाडि बढिरहेको देखिन्छ । ट्रेलर हेर्दा निर्माताले सायद फ्यानहरूको माग पूरा गरेको अनुमान गर्न सकिन्छ । चौथो सिजनमा रिंकी र सचिव जीको प्रेमकथालाई धेरै नै स्थान दिइएको ट्रेलरबाट अनुमान गर्न सकिन्छ ।

यस अघि जुलाईमा रिलिज गरिने भनिएको यो सिरिज जुन २४ मा रिलिज हुने भएको छ । 'पञ्चायत' लाई भारतको अहिलेसम्मकै उत्कृष्ट वेभ सिरिज मानिन्छ ।

यस सिरिजमा जितेन्द्र कुमार, नीना गुप्ता, रघुवीर यादव, फैसल मलिक, चन्दन रोय, सान्विका लगायतका कलाकारको अभिनय रहेको छ । यो सिरिज दीपक कुमार मिश्राले निर्देशन गरेका हुन् । यो सिरिज प्राइम भिडियो ओटीटी प्लेटफर्ममा रिलिज हुदैछ ।