Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

रूकुम पश्चिम पुगेकी गायिका रचना रिमाल अचानक अस्वस्थ, सेनाको हेलिकोप्टर बोलाएर अस्पताल पुर्‍याइयो

गायिका रचना रिमाल अचानक स्वास्थ्य समस्या देखिएकपछि अस्पताल भर्ना भएकी छन्।

सांगीतिक कार्यक्रमका लागि रूकुम पश्चिम पुगेकी उनको स्वास्थ्यमा अचानक समस्या देखिएको हो। सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर उनलाई रूकुम पश्चिमबाट नेपालगञ्ज लगिएको थियो।

नेपालगञ्जबाट मंगलबार बिहान उनलाई काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको स्रोतले जनाएको छ। सोमबार रूकुम पुगेकी उनले मंगलबार रूकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी थियो। तर मंगलबार बिहान अचानक पेट दुखेपछि उनलाई काठमाडौं ल्याइएको हो।

अहिले उनको काठमाडौस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।