शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

'द ग्रेट इन्डियन कपिल शो' मा सिद्धुको पुनरागमन

'द ग्रेट इन्डियन कपिल शो' मा सिद्धुको पुनरागमन

जेठ २६, २०८२ सोमवार
जेठ २६, २०८२ सोमवार
  • 'द ग्रेट इन्डियन कपिल शो' मा सिद्धुको पुनरागमन

    भारतीय कमेडियन कपिल शर्माको चर्चित शो 'द ग्रेट इन्डियन कपिल शो' मा नवजोत सिंह सिद्धुको पुनरागमन भएको छ ।

    जुन २१ देखि शुरु हुन लागेको 'द ग्रेट इन्डियन कपिल शो' को तेस्रो सिजनमा सिद्धुले कमब्याक गरेका हुन् । नेटफ्लिक्सले एक प्रोमो जारी गर्दै सिद्धुको कमब्याकको जानकारी दिएको हो ।

    नवजोत सिंह सिद्धू कपिल शर्मा र अर्चना पूरन सिंहसँग 'द ग्रेट इन्डियन कपिल शो' सिजन ३ को प्रिमियर जुन २१ मा नेटफ्लिक्समा हुने भएको छ । यस सिजनमा दुई जजको अद्वितीय ढाँचा प्रस्तुत गरिनेछ, जसमा सिद्धू र अर्चना दुवै जजको कुर्सीमा बस्ने बताइएको छ ।

    कपिल शर्माले सिद्धुको पुनरागमनमा भनेका छन्- 'म सिद्धू पाजीलाई अर्चना जीसँगै परिवारको हिस्सा बनाउन पाउँदा धेरै उत्साहित छु र सबै चुटकुले, शायरी र मस्तीको आनन्द लिनेछु ।'

    यस सिजनमा सुपरफ्यानहरूलाई स्टेजमा आफ्नो प्रस्तुति दिने अवसर दिइने छ भने उनीहरुले शो मा आउने कलाकारहरूसँग अन्तर्क्रिया समेत गर्ने अवसर पाउने छन् । यस शोमा कपिल शर्मा र दुई जज अर्चना र सिद्धुका अलावा सुनील ग्रोवर, कृष्ण अभिषेक र किकु शारदा लगायतका कलाकारहरू रहेका छन् । 

    'द ग्रेट इन्डियन कपिल शो' सिजन ३ जुन २१ देखि नेटफ्लिक्समा विशेष रूपमा प्रसारण हुने छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार