Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

कलाकार ‘नक्कली प्रचण्ड’ घनश्याम गौतमको निधन

कलाकार तथा रंगकर्मी घनश्याम गौतमको निधन भएको छ ।

टेलिशृङ्खला र प्रहसनहरूमा ‘नक्कली प्रचण्ड’ बनेर अभिनय गरेर चर्चित भएका उनको सोमबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ। कलाकार गौतम विगत दुई वर्षदेखि पेटको क्यान्सरबाट पीडित थिए।

भक्तपुरस्थित काठमाडौँ क्यान्सर अस्तालमा उपचारकै क्रममा सोमबार उनको निधन भएको हो। ४३ वर्षीय गौतमले मेरी बास्सै टेली टेलिशृंखलामा समेत अभिनय गरेका थिए ।

सडक नाटक, रेडियो नाटक, कचहरीमा सक्रिय उनले विभिन्न स्कुलहरूमा पनि अभिनय सिकाउँथे । उनको मंगलबार बिहान पशुपति आर्यघाटमा अन्त्यष्ठि गर्ने तयारी छ।