Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

नेपाल एसबिआई बैंकद्वारा लुम्बिनीका विद्यार्थीलाई स्मार्ट बोर्ड र खेलकुद सामग्री प्रदान

नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–४, मनौरास्थित श्री राम जानकी आधारभूत विद्यालयलाई स्मार्ट बोर्ड र खेलकुद सामग्री प्रदान गरेको छ।

एक कार्यक्रमका बीच बैंकका लुम्बिनी प्रदेश प्रमुख शिव दाहालले विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापकलाई उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बैंकका अधिकारी, विद्यालय समितिका पदाधिकारी तथा शिक्षकहरूको उपस्थिति रहेको थियो।

शिक्षा क्षेत्रको प्रवर्धनमा योगदान पुर्‍याउने उद्देश्यले नेपाल एसबिआई बैंकले यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ।

विगत ३१ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकका हाल १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।