एनएमबि, सिद्धार्थ र सानिमा बैंकका कर्मचारीले गत आर्थिक वर्षको मुनाफाबट दुई महिनाको तलब बराबरको अग्रिम बोनस पाएका छन् ।
आर्थिक वर्ष सकिएसँगै बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट कर्मचारीको लागि बैंकहरुले धमाधम अग्रिम बोनस पठाउन लागेका हुन् ।
सोही क्रममा साउन महिनाको पहिलो साता नै वाणिज्य बैंकहरुले कर्मचारीलाई दुई महिनाको तलब बराबरको बोनस पठाएका हुन् ।
तीनवटै बैंकको नाफाको आधारमा कर्मचारीले थप बोनस पाउने अवस्था भएपनि बैंकले कर्मचरीले पाउने बोनसको करिब आधा अहिले वितरण गरेको र बाँकी बोनस साधारणसभाको लागि राष्ट्र बैंकले स्वीकृति दिएपछि पठाउने बैंक स्रोतले जनाएको छ ।
बोनस ऐनले नै नाफा कमाउने हरेक प्रतिस्ठानले नाफाबाट कर्मचारीलाई बोनस वितरण गर्नुपर्ने व्यवस्था गरेको छ ।