Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

सिद्धार्थ बैंकका ग्राहकहरुलाई बर पीपल रिसोर्टमा १५ प्रतिशतसम्मको छुट

सिद्धार्थ बैंक र बर पीपल रिसोर्ट बिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  

सम्झौता अनुसार लेकसाईड पोखरास्थित बर पीपल रिसोर्टमा ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १० प्रतिशत छुट तथा नारी डेबिट कार्ड र प्लेटिनम क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने  ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सक्नुहुनेछ ।