त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र बाहिरिएको घटना अध्ययन गर्न गठित समितिको निष्पक्षतामाथि प्रश्न उठाउँदै त्रिवि केन्द्रीय क्याम्पस स्ववियूले व्यवस्थापन संकाय डीन र परीक्षा हेर्ने सहायक डीनको राजीनामा माग गरेको छ ।
नैतिक जिम्मेवारी लिई राजीनामाको माग गरिएको त्रिवि स्ववियू सभापति दीपकराज जोशीले बताए । साथै व्यवस्थापन संकाय डीनले र परीक्षा हेर्ने सहायक डीनले नैतिक जिम्मेवारी महसुस गरी राजीनामा दिनुपर्ने माग स्ववियले गरेको छ ।
‘परीक्षाको निष्पक्षता र विश्वविद्यालयको गरिमामाथि कुनै सम्झौता हुन सक्दैन । दुई दिनभित्र घटनाबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, प्रश्नपत्र कसरी बाहिरियो ? कसको संलग्नता थियो भन्ने विषयमा छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छ,’ स्वविले भने ।
दोषीलाई कारबाही नभए व्यवस्थापन संकाय डीन र परीक्षा हेर्ने सहायक डीनले राजीनामा दिनुपर्ने पनि जोशीले बताए ।