शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

गणतान्त्रिक सरकारलाई नै गिज्याउने गणतन्त्र स्मारक पार्क (फोटो/भिडियो)

गणतान्त्रिक सरकारलाई नै गिज्याउने गणतन्त्र स्मारक पार्क (फोटो/भिडियो)

जेठ १५, २०८२ बिहिवार
जेठ १५, २०८२ बिहिवार
  • गणतान्त्रिक सरकारलाई नै गिज्याउने गणतन्त्र स्मारक पार्क (फोटो/भिडियो)

    मुलुकमा गणतन्त्र स्थापना गर्न योगदान पुर्‍याएकाहरुको सम्झनामा सरकारले ४५ करोड खर्चेर नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्माण गरेको गणतन्त्र स्मारक पार्क सुनसान छ । सरकारी वेवास्ताका कारण पार्क वेवारिसे अवस्था पुग्ने चिन्ता छ ।  

    काठमाडौं महानगरपालिकाको नागपोखरी नजिक ३५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा घुम्न जानेको संख्या दैनिक ५० जनापनि पुग्दैन् । थप लगानी गरेर पार्कलाई आकर्षक बनाउने, सुविधा थप गर्ने र प्रचार प्रसार व्यापक गर्ने सरकारको योजना पनि ओझेल परेको छ ।

    Photo (1).jpg

    सरकारी कार्यालय समयमा खुल्ने र बन्द हुने भएकाले पनि  स्मारकमा आवातजावत कम देखिन्छ । तर सरकारी अधिकारीहरु पार्क क्षेत्रमा अवलोकनकर्ताको संख्या बृद्धि भएको दावी गर्छन् । नारायणहिटी दरबार संग्रहालयका सूचना अधिकारी पुरुषोत्तम थापाले पार्कभित्र विभिन्न फिल्म, टेलिफिल्म र गीतहरुको सुटिङ हुने गरेको एवम विद्यार्थी अवलोकन भ्रमणमा आउने गरेको बताए ।

    Ganatantra  Smark  Park.00_30_02_14.Still007.jpg

    ‘पार्क प्रवेशका लागि न्यूनतम शुल्क निर्धारण गरेका छौं । स्वेदशी एवम विदेशी नागरिकलाई प्रतिव्यक्ति ५० रुपैंयाँ शुल्क लिने गरेका छौं ।  पार्कको आकर्षण भनेको शान्त वातावरण, ढुङ्गामा कोरिएको नेपालको संविधानको पुस्तक, आकर्षक बगैंचा, विशेष किसिमका बत्ती, सहिदका नाममा बनाइएका संरचनाले सबैलाई तानेको छ,’ थापाले भने । 

    सर्वसाधारणको भीडभाड बढ्दै गएकाले बजेट थप गरेर संरक्षणको तयारीमा सरकार जुटेको उनले बताए । तर स्मारकभित्र राखिएका सामग्री, शिलालेख, मुर्तिहरु फोहोर देखिन थालेका छन् ।

    Photo (4) (1).jpg

    सरकारी निकायका अधिकारीहरुले खर्च गरेअनुसार पार्कले सफलता प्राप्त गरेको दाबी गरेपनि स्थानीयबासी भने उपयुक्त ठाउँमा पार्क निर्माण नभएको स्थानीयबासीको भनाइ छ ।  शहरी विकास कार्यालयको भवन निर्माण विभागले २०६९ चैतबाट गणतन्त्र स्मारक निर्माण सुरु गरेको थियो । स्मारकको २०७६ जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गरेकी थिइन् । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्र स्मारक शिलान्यास गरेका थिए ।

    तर स्मारक क्षेत्र हाल खुइलिएको, रंगरोकन मेटिएको, झारपातले जेलिन थालेको स्थानीयको भनाइ छ । तर पार्कको अवस्था हेर्दा गणतान्त्रिक सरकारलाई नै गणतन्त्र स्मारकले गिज्याइरहेको जस्तो लाग्छ । पार्कभित्र सिमित मात्रमा पर्यटक आउने गरेका छन् ।

    Photo (7).jpg

    गणतन्त्र स्थापना लगत्तै २०६५ सालमा ल्याइएको बजेटमा गणतन्त्र स्मारक बनाउन रकम विनियोजन गरिएको थियो । स्मारकमा गणतन्त्र प्राप्तिका लागि भएका संघर्ष र बलिदानको सम्झना गराउने तस्बिर, वस्तु र कलाकृति राखिएका छन् । ढुंगा खोपेर पुस्तकको आकार बनाइएको छ र त्यसमा ‘नेपाल संविधान २०७२’ लेखिएको छ । स्मारकमा १२ मिटर उचाइका चारवटा स्तम्भहरु छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट