शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सार्वजनिक लेखा समितिको बैठकमा गणपूरक सङ्ख्या पुगेन, बैठक स्थगित

सार्वजनिक लेखा समितिको बैठकमा गणपूरक सङ्ख्या पुगेन, बैठक स्थगित

श्रावण ३०, २०८२ शुक्रवार
श्रावण ३०, २०८२ शुक्रवार
  • सार्वजनिक लेखा समितिको बैठकमा गणपूरक सङ्ख्या पुगेन, बैठक स्थगित

    प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । 

    कूल २६ जना सदस्य रहेको लेखा समितिको आजको बैठकमा १२ जना मात्र उपस्थित रहेका थिए । समितिको आजको बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको हो ।

    प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८२ अनुसार समितिको गणपूरक सङ्ख्या तत्काल कायम रहेको सदस्य सङ्ख्याको ५१ प्रतिशत हुनुपर्ने व्यवस्था रहेको छ ।

    आजको बैठकमा ट्रकको भारवहन क्षमता सम्बन्धमा समितिमा परेको उजुरीमाथि छलफल गर्ने कार्यसूची रहेको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट