Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

सार्वजनिक लेखा समितिको बैठकमा गणपूरक सङ्ख्या पुगेन, बैठक स्थगित

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । 

कूल २६ जना सदस्य रहेको लेखा समितिको आजको बैठकमा १२ जना मात्र उपस्थित रहेका थिए । समितिको आजको बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको हो ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८२ अनुसार समितिको गणपूरक सङ्ख्या तत्काल कायम रहेको सदस्य सङ्ख्याको ५१ प्रतिशत हुनुपर्ने व्यवस्था रहेको छ ।

आजको बैठकमा ट्रकको भारवहन क्षमता सम्बन्धमा समितिमा परेको उजुरीमाथि छलफल गर्ने कार्यसूची रहेको थियो ।