शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बेश्या जस्तो व्यवहार गरे भन्दै बेलायतकी प्रतियोगी म्यागीले छाडिन् मिस वर्ल्ड

बेश्या जस्तो व्यवहार गरे भन्दै बेलायतकी प्रतियोगी म्यागीले छाडिन् मिस वर्ल्ड

जेठ ११, २०८२ आइतवार
जेठ ११, २०८२ आइतवार
  • बेश्या जस्तो व्यवहार गरे भन्दै बेलायतकी प्रतियोगी म्यागीले छाडिन् मिस वर्ल्ड

    भारतमा आयोजना भइरहेको मिस वर्ल्डबाट बेलायतकी प्रतियोगी मिला म्यागीले प्रतियोगिता छोडेकी छन् । २४ वर्षीया म्यागीले सौन्दर्य प्रतियोगिता छोड्ने निर्णय गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

    गत वर्ष मिस इङ्गल्याण्डको उपाधि जितेकी मिलीले प्रतियोगितामा बेलायतको प्रतिनिधित्व गरिरहेकी थिइन्। द सन म्यागजिनसँगको एक अन्तर्वार्तामा उनले आयोजकहरूले शोषण गरिरहेको र 'वेश्या जस्तो' महसुस गराएपछि प्रतियोगिता छोडेको आरोप लगाएकी छन् ।मिलीले बीचैमा कार्यक्रम छोड्ने निर्णयले धेरैलाई आश्चर्य परेको छ ।

    भारतको हैदराबादमा हाल छनौटका विभिन्न प्रक्रिया जारी रहेको यस सौन्दर्य प्रतियोगितामा आफ्नो अनुभव साझा गर्दै उनले प्रतियोगीलाई बाहिरका मानिसहरुलाई मनोरंजन प्रदान गर्न प्रयोग गरिएको खुलासा पनि गरेकी छन् । यसले आफुलाई बेश्या जस्तो अनुभव भएको बताउदै उनले यसले आफु असहज भएको बताएकी छन् ।म्यागीले प्रतियोगिता छोडेको र उनको धारणा बाहिर आएपछि आयोजकले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

    मे ३१ मा हुने ग्राण्ड फाइनलबाट २०२५ को मिस वर्ल्ड छानिने छ । यो मिस वर्ल्डको ७२औं प्रतियोगिता हो । यस बर्ष ४० देशका प्रतियोगीले भाग लिएको आयोजकले जानकारी दिएका छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार